इम्बोस्ड नम्बर प्लेट जडानमा अस्वभाविक दबाब दिएको भन्दै युवा संघको प्रदर्शन
काठमाडौँ - युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दबाब दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
युवा संघ नेपालले काठमाडौंको बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडी इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दबाब दिएको र उक्त नम्वर प्लेटको अत्याधिक मूल्यविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई बर्ष थप लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आलोचना भएपछि विभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया