दल

हामीले मन्त्री फेर्ने निर्णय गर्दा अरु पार्टीमा भुइँचालो गयोः माधव नेपाल

इकागज |
जेठ २५, २०७९ बुधबार १९:४३ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगे अन्य पार्टीमा भुइँचालो गएको बताएका छन् । बुधबार नेकपा एसनिकट विद्यार्थी जिल्ला विशेषको शपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अन्य पार्टीमा गएको भूइँचालोकै कारण आफूहरूको निर्णय कार्यान्वयन नभएको संकेत गरेका हुन् । 

‘निर्णय किन लागू भइरहेको छैन भन्ने होला,’ उनले भने, ‘अरु पार्टीमा पनि भुइँचालो गएकोले होला । उहाँहरूले केही दिन माग्नुभयो । सबै दोष हाम्रो मन्त्रीहरूलाई नदिऔँ । हामीले मन्त्रीहरूको फेरबदल गर्ने निर्णय गरेका छौँ । पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’
 



Author

थप समाचार
x