मन्त्री फेर्ने निर्णय तुरुन्त कार्यान्वयन गर्नुपर्छ : खनाल
फाइल तस्बिर
काठमाडौँ - सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाए ।
आफ्नो पार्टीले मन्त्रीहरूलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनकव भनाइ छ।
‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ,' उनले भने, 'नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया