दल

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

इकागज |
जेठ ३०, २०७९ सोमबार २०:१ बजे

फाइल फोटो

काठमाडौँ -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भावना नभएको दाबी गरेका छन् । आजको सचिवालय बैठक पछि पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे । 

उनले अहिले देशलाई वामपन्थी एकातिर र गैर वामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । `त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैर वामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।`


एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्‍ठाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनको भनाइ छ । 


Author

थप समाचार
x