काठमाडौँ क्षेत्र नम्बर १ मा रमेश खरेलको उम्मेदवारी घोषणा
फाइल तस्बिर
काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारको विषयमा उनले औपचारिक निर्णय लिन भने बाँकी रहेको बताए । उम्मेदवारको विषयमा केही दिनमा औपचारिक घोषणा गरी थप जानकारी दिने बताए ।
खरेलले सुशासन पार्टीसमेत खोलेका छन् । काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहको क्षेत्र हो । पुकार बमले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यसअघि सिंहसँग विवेकशील साझा पार्टीका रविन्द्र मिश्र पराजित बनेका थिए ।
खरेल काभ्रेपलाञ्चोकको बासिन्दा हुन् । काभ्रेको मानिस काठमाडौँबाट किन उम्मेदवारी घोषण गर्नु भएको भन्ने प्रश्नमा उनले भने,' यसबारेमा अहिले केही पनि बोलिन । समय आएपछि सबै कुरा बताउँछु ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया