दल

विराटनगर विमानस्थल आसपासका स्थानीयको समस्या समाधान गर्न कोइरालाको माग

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:३१ बजे

फाइल फोटो

काठमाडौँ - विराटनगर विमानस्थल आसपासका मानिसहरूको समस्या समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारको ध्यानाकर्षण गराएका छन् । 

सरकारले विमानस्थल बनाउने भन्दै दुई वर्षदेखि विमानस्थल आसपासको जग्गा रोक्का गरेर बैंकिङ कारोबारमा समत रोक लगाएको छ । उक्त जग्गाको सर्वसाधारणलाई मुआब्जा दिन वा जग्गा फुकुवा गर्न कोइरालाले सरकारसँग माग गरेका हुन् ।


हिजो जग्गा फुकुवा वा मुआब्जा दिन भन्दै विमानस्थल आसपासका स्थानीयले विराटनगरमा प्रदर्शन गरेका थिए । 

उनले समाजिक सञ्जालमा लेखेका छन्, `बिराटनगर विमानस्थल बिस्तार गर्न सरकारले दुई बर्षदेखि बिराटनगर-४ मा रहेको घरजग्गा खरिद(बिक्री तथा बैंकिङ कारोबारमा रोक लगाएको छ। अहिले सम्म स्थानीयले मुआब्जा पाएका छैनन। कि त उनीहरुलाई तत्काल मुआब्जा दिन, होईन भने खरिद/बिक्रीमा लगाइएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु।`


Author

थप समाचार
x