दल

मुलुकको हित विपरीत काम नगर्न प्रधानमन्त्रीलाई भीम रावलको सुझाव

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:५३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् । 

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 


रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसंग उर्जा जिएसँंग वार्ता गर्न लगाएको आरोप लगाए । 

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए । 

उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे । रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे । 

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताए । उनले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिककिरण र क्षमता वृद्धिलाई थप मजबुद बनाउने बुझाइका साथ सरकारले काम गरिरहेको उनको भनाई छ ।


 


Author

थप समाचार
x