दल

राजसंस्थाको पुनःस्थापना र संघीयताको खारेजीको माग गर्दै राप्रपाको ज्ञापनपत्र

इकागज |
असार १, २०७९ बुधबार १४:३० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाको विविध विषय समेटिएको बिभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो । 


राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रासायनिक मल अभाव, इम्वोस्ड नम्वर प्लेट लगायतका बिषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ । 

त्यस्तै राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखादको उपलब्ध गराउन माग गरेको छ । 


Author

थप समाचार
x