दल

बजेट पास भए लगत्तै एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने

इकागज |
असार १, २०७९ बुधबार २१:१७ बजे

फाइल फोटो

काठमाडौँ -  नेकपा (एकीकृत समाजवादी)ले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ । 
  
बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो । 

स्थायी कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्‍नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।


असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए । 

अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्‍न गर्ने निर्णय समेत बैठकले गरेको खतिवडाले बताए । 


Author

थप समाचार
x