अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत : रमेश लेखक
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के-के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए ।
आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निश्कर्षमा पुग्ने र अन्य दलहरूबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनले बताए । उनले सबै देशसँग आफूहरूले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने धारणा राखे ।
नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भए पनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया