दलहरु असफल भइसकेकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा नेपाल आयो : कमल थापा
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनर्स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे ।
स्वतन्त्र उमेदवारको विजयले दलहरूप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे ।
उनले आफ्ना एजेण्डलाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दावी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया