एसपीपीमा नेपालले सम्झौता गर्नै हुँदैन : रायमाझी
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरू एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए । नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे ।
अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरूले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । उनले अब दलहरूले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरूरी रहेको धारणा राखे ।
रायमाझीले दलहरूले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै विकास र समृद्धिको एजेण्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया