दल

एसपीपी अघि बढाउँदा जानकारी नै दिइएन : प्रदिप ज्ञवाली

इकागज |
असार ४, २०७९ शनिबार १८:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउँदा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दाबी गरे ।

मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो दाबी गरेका हुन् । उनले  रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनु भने पछि सो प्रक्रिया अघि बढाएको देखिएको बताए ।

उपमहासचिव ज्ञवालीले २०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्‍ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको र नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भए पनि कुनै जानकारी नदिइएको जिकिर गरे । उनले भने, ‘नेपाली सेनाले एसपीपीबारे निर्देशन पाउँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन । जंगी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनू भनेको पाइयो । सेनाले पत्राचार गर्‍यो । त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिदैन । सम्भवतः सेनाले ठान्यो-रक्षा मन्त्रालयले गो अहेड भनेके छ ।’


उपमहासचिव ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भए पनि त्यसको व्यवहारिक प्रयोगमा कठिनाइ हुने गरेको पनि स्पष्ट पारे ।


Author

थप समाचार
x