बिडारी मकवानपुरको प्रतिनिधि सभा क्षेत्र २ बाट उम्मेदवार हुने तयारीमा
फाइल तस्बिर
मकवानपुर - नेकपा एकीकृत माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारी आगामी चुनावमा मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रने भएका छन् । पाँच दलीय गठबन्धन दलका तर्फबाट बिडारीले उम्मेदवारी दिने चर्चा सुरु गरेका हुन् । मकवानपुरमा पाँच दलीय गठबन्धनका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चलेको हो ।
संघ र प्रदेशका सांसदको म्याद मंसिरमा सकिँदै छ । आउँदो चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहेमा आफ्नो उम्मेदवारी हुने उनले बताए ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका बिडारीले गठबन्धनका तर्फबाट आफूले चुनावका लागि टिकट प्राप्त गर्ने विश्वास व्यक्त गरे।
२०४८ सालमा थाहा दर्शनबाट यसै क्षेत्रमा चुनाव लडेका विडारीले अबको चुनावमा आफूले लड्न खोज्नु हक र अधिकार भएको दाबी गरे । २०४८ सालको चुनावमा निकटतम प्रतिद्वन्दी भएर चुनावमा पराजित भएको स्मरण गराउँदै उनले अब पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सहमतिमा मात्र चुनावी मैदानमा उत्रने बताए ।
आफ्नो क्षेत्रमा एक पटक पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई आफैले छोडिदिएको र अब भने आफै चुनाव लड्न पाउनु पर्ने उनको भनाइ छ । उनी माओवादीबाट दुई पटक समानुपातिक सांसद भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया