दल

'एसपीपी अगाडि बढाउँदैनौँ भनिसक्दा पनि प्रधानमन्त्रीले अमेरिकालाई पत्र नलेख्‍नुले आशंका उब्जियो'

इकागज |
असार ५, २०७९ आइतबार १७:२३ बजे

काठमाडौँ - नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति उत्तरदायी नभएको बताका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री समितिमा नआउनु खेदजनक भएको टिप्पणी गरे । ‘आज प्रधानमन्त्री देउवा नआउनुको कारण संसदप्रति अनुत्तरदायी, आफैँले बनाएको संविधानका प्रस्तावनाहरूको अवज्ञा, र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई माननीय सभापतिज्यूले जानकारी गराउनुभए अनुसार आज बैठक छ बिहान ८ बजे सचिवालयबाट खबर पठाउनु भयो । त्यो भन्दा दुःख लाग्दो कुरो के हुनसक्छ ? यस्तो पनि लोकतान्त्रिक प्रणाली हुन्छ र कतै मुलुकमा ?,’ उनले भने । 


सांसद रावलले एसपीपी रद्द गर्नका लागि प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिले एसपीपी अगाडि बढाउँदैनौँ भनेर भनिसक्दा पनि प्रधानमन्त्रीले अमेरिकालाई पत्र नलेख्‍नुले आशंका उब्जिएको उनको भनाइ छ ।


Author

थप समाचार
x