दल

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालले भन्योः इन्धनको मूल्यवृद्धि खारेज नभए आन्दोलन गर्छौँ

इकागज |
असार ६, २०७९ सोमबार १३:४८ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले गएरातिबाट वृद्धि भएको इन्धनको मूल्य तत्काल खारेज गर्न माग गरेको छ । अर्थतन्त्रलाई तहसनहस हुनबाट जोगाउन तथा तत्काल महँगी नियन्त्रण गर्नेतर्फ कदम नचाले संगठनका अध्यक्ष कैलाश कटुवालले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले सोमबार विज्ञप्ति जारी नेपाली नागरिकलाई सरकारले सहुलियत नदिएर चौतर्फी मूल्यवृद्धि गरी सबैथोकमा असर पर्ने गरी इन्धनको मूल्यवृद्धि गरेर जनताको ढाड सेकाउने भएको जनाएका छन् ।


नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि संगठनले विरोध जनाएको हो ।  निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

राति १२ बजेदेखि लागू भइसकेको पनि निगमले जनाएको थियो छ । बढाइएको मूल्यसँगै अब एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ भने मट्टितेलको मूल्य लिटरको १ सय ९२ रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ८५ रुपैयाँ पुर्‍याएको छ । नेपालमा एकै पटक भारी मात्रामा इन्धनको मूल्य बढाइएको यो पहिलो घटना हो ।

 


Author

थप समाचार
x