प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया