रवि लामिछानेको पार्टीको अजेण्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
काठमाडौं–रावि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रिय सभामा आयोजित दल घोषणा कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । उनले पार्टीले प्रत्यक्ष जिताएको मान्छे मात्रै प्रधानमन्त्रीको उम्मेदवार हुन पाउने समेत बताएका छन् ।
आफ्नो पार्टीमा जितेको व्यक्तिले निर्वाचनमा आफ्नो मन्त्री मण्डलकै घोषणा गरेर जान पाउने उनको भनाइ छ । ‘आफ्नो दलभित्र प्रधानमन्त्रीको उम्मेदवारी दिएर जितेर जाने मान्छेले आम निर्वाचनमा आफ्नो मन्त्री मण्डल घोषणा गरेर चुनावमा जान पाउने छ,’ उनले भने, ‘ आफ्ना मन्त्री छान्न पाउने अधिकार पार्टी भित्र चुनिएर आउने व्यक्तिमा हुने छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया