दल

मलाई झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ तर यहाँ हार्ने छुट छैन : लामिछाने

इकागज |
असार ७, २०७९ मंगलबार १४:१ बजे

काठमाडौँ- पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफूले एक जनालाई संसद्‌ छिर्नबाट रोक्‍ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले यस्तो बताएका हुन् ।

'हुन त मलाई झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ । म डराएको होइन् । सरकारमा को छन् र तिनले कस्तो चुनाव गराएका छन् भन्ने म सचेत छु । यहाँ हार्ने सुविधा नभएकाले राजनीति राजनीति जसरी गर्नुपर्ने भएकाले । आवेशमा, भावनमा बगेर होइन्' उनले भने 'जहाँबाट अधिकांशले रुचाउँछन् । त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौँ । एक जनालाई संसद् छिर्न म रोक्नु । अर्कोलाई रोक्न तपाईं आउनु होला । बेथितिको मेन स्वीच अफ दरिदिऊ ।'


त्यस्तै आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको बताएका छन् । उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । 

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे । लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताए ।


Author

थप समाचार
x