दल

नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे

इकागज |
असार १०, २०७९ शुक्रबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँँ - बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए ।


‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्री हुनु भएको हो । अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलि (शनिबार) सम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु (मन्त्री) लाई फिर्ता गरेर नयाँ मान्छे पठाउँछौं भनिएको थियो । उहाँहरू सबैले हुन्छ भन्नुभएको हो । अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भने ।

बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उनले स्वीकारे । तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर उनको भनाइ छ ।


Author

थप समाचार
x