पार्टी खोलेको एक साता नपुग्दै निकालिए वामदेव
काठमाडौँ - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीले वामदेवलाई संयोजकबाट निष्कासन गरेका हुन् ।
उनीहरूले युवराज सफललाई संयोजक बनाएका छन् ।
गौतममाथि विभिन्न पाँच आरोप लगाइएको छ । सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् ।
वामदेव नेकपा एकता राष्ट्रिय अभियान गठन गरेको एक सता पनि पुगेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया