१९७ सदस्यीय बन्यो अखिल क्रान्तिकारीको केन्द्रीय समानान्तर समिति (नामसहित)
काठमाडौँ- प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रीय समितिको पुर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरित पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समयदेखि असन्तुष्ट कार्की समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पुर्णता दिएको हो ।
सो समुहले १ सय ९७ सदस्य केन्द्रीय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बागमती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा विनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज-संयोजक तोकेको छ ।
सो समूहका उपदेश यादवका अनुसार झण्डै २ दर्जन केन्द्रीय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया