१० दिनमा दुईपटक मन्त्रिपरिषद् पुनर्गठन, अनैतिक राजनीतिको निकृष्ट नमुना : भीम रावल
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमाले नेता भीम रावलले पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको टिप्पणी गरेका छन् । पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म भएको उनको टिप्पणी छ ।
'पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना हो,' ट्वीटरमा उनले लेखेका छन्, 'राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस् ।'
पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पद लगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी,अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना हो।राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस् ।
— Bhim Rawal, PhD (@BhimRawal179) July 5, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया