दल

अर्थमन्त्री प्रकरण : छानबिनका पक्षमा कांग्रेसका दुई उपसभापति

इकागज |
असार २२, २०७९ बुधबार ११:५३ बजे

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् ।  बुधबार सामाजिक सञ्जालमार्फत् उपसभापति गुरुङले बजेट निर्माणको क्रममा 'बिचौलियलालाई प्रवेश गराएको' विषयमा छानबिन हुनुपर्ने बताएका हुन् । 

छानबिन समितिलाई सहयोग गर्न अर्थमन्त्री जनार्दन शरेमाले राजीनामा दिनुपर्ने उनको भनाइ छ । नभए बर्खास्त गर्नुपर्ने उनले बताए । 'गैर संवैधानिक कार्य गर्नेहरूका लागि सिसि क्यामरामार्फत् निगरानी गरिन्छ,' उनले भनेका छन्, 'सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ। 
विवाद समाधानका लागि:
१) छानबिन समिति गठन
२) छानबिन समितिलाई सहयोगका लागि राजीनामा
३) बर्खास्त!'


आजै कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि 'अर्थमन्त्री प्रकरण'बारे संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका थिए । 

 यसबारे ढिलो नगरी आजै संसदीय समिति बनाएर टुंगो लगाउनु पर्ने उनको भनाइ छ । आजै प्रतिनिधि सभा बैठक बस्दै छ । 
बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । यसबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि छानबिन समिति बनाएर जानुपर्ने माग राख्दै आएको छ । अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न पनि माग उठिरहेको छ । 

यसअघि कांग्रेस महामन्त्री गगन थापाले समेत अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका थिए । 


Author

थप समाचार
x