नेताहरू अर्थमन्त्री प्रकरणमा अल्झेपछि माओवादी केन्द्रीय समिति बैठक फेरि सर्यो
काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आज बस्ने भनिएको बैठक भोलिसम्मलाई सरेको हो । मंगलबार पनि बैठक बस्दै नबसी आजलाई सारिएको थियो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्नेछ । नेतृत्व टिम संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकोले बैठक सरेको उनले बताए ।
आज प्रतिनिधि सभा बैठक बस्दै छ । बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक पनि हालसम्म बस्न सकेको छैन । बजेट निर्माणमा अनधिकृत मान्छे अर्थ मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बोल्न खोजेका थिए । तर एमालेले बोल्न नदिने अडान राखेपछि बैठक दिउँसो दुई बजेसम्मलाई स्थगित भएको छ ।
आज बिहानैदेखि यसबारे माओवादी नेताहरू छलफलमा थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिट्ब्यूरो, स्थायी समित सदस्य र पदाधिकारीको नामावली पेश गर्ने तयारी थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया