माओवादी पोलिटब्युरो सदस्यमा प्रचण्डको परिवारबाट चार जना
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटब्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।
प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ ।
तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाइसकेका छन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको छ । प्रस्तावित नामप्रति बैठकस्थलमै विरोध भएपछि बैठक पनि स्थगित गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया