मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौँ : अध्यक्ष थापा
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय संगठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए ।
हिन्दूराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वद्र्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्त बन्ने जिकिर गरे ।
अध्यक्ष थापाले सम्वद्र्धनवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया