'श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस्'
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनमा राज्यकोषबाट बजेट हाल्ने काम गलत भएको बताएका छन् । ट्रष्ट/फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भ्रष्टाचार हो भएको उनले बताए । यसलाई रोक्नु पर्ने उनको भनाइ छ ।
'सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ, 'नेताहरूको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो। रोक्नुपर्छ,' उनले भनेका छन्, 'तर यो प्रवृत्ति झनै बढेको छ। श्रीलंकाको घट्नाबाट अचेत नेताहरूको चेत खुलोस्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया