एमालेसँग माओवादीको सहकार्य हुन सक्दैन : देव गुरुङ
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।
संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका बिषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।
उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।
फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका बिषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टिका टिप्पणी गर्न उचित नहुने धारणा राखे ।
नेता गुरुङले सबैको सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया