उपसभामुखको निर्वाचन असार ३१ गते
फाइल तस्बिर
काठमाडौँ - प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।
३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया