बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म
फाइल फोटो
काठमाडौं - विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र विरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले विरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् ।
भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थित छन् । दुबैको बैठक जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया