दल

`हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत`

इकागज |
असार ३१, २०७९ शुक्रबार १७:१७ बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उनले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताएको हो । उनले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताए । 


राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि संगठनले माग गरेको छ ।


Author

थप समाचार
x