कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज पदाधिकारीले धारणा राख्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक अपरान्ह १ बजे बस्दैछ । जारी बैठकमा आजबाट पदाधिकारीले आ-आफनो धारणा राख्ने भएका छन । यस अघिको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।
जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, वागी उम्मेदवारलाई कारबाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत बिषयमा केन्द्रिय सदस्यहरूले धारणा राखेका थिए ।
आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफनो धारणा राख्ने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया