दल

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

इकागज |
साउन १, २०७९ आइतबार १६:० बजे

काठमाडौँ - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्तारुढ दल निकट बिद्यार्थीहरुहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । 

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगाउने भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारमा गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । 


निषेधित क्षेत्रमा प्रवेश गरेर नारा जुलुस गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ । गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले बर्खास्तीको माग गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एमालेले जाँलझेल गरेर आफ्ना नेतालाई संविधान बिपरित गभर्नर पदमा नियुक्त रहेको आरोप लगाइन् । 

उनले अधिकारी अवैधानिक रुपमा गभर्नर पदमा बसेका कारण आन्दोलन गर्नुपरेको बताइन् । 

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे चौतर्फी बहस भइरहेको छ । 


((


Author

थप समाचार
x