दल

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

इकागज |
साउन ४, २०७९ बुधबार १२:१६ बजे

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन् । 

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री छन् ।  सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा  संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन् ।



Author

थप समाचार
x