गभर्नरको राजीनामा माग्दै बालुवाटारमा कालो ब्यानर
काठमाडौँ - सत्तानिकट संयुक्त बिद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो ब्यानर टाँसेका छन् ।
राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो ब्यानर टाँसेका हुन् । उनीहरुले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दावी गरे । उनले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए ।
उनले गभर्नरले राजीनामा नदिए संयुक्त विद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया