दल

नागरिकता विधयेकविरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस

इकागज |
साउन १०, २०७९ मंगलबार २१:२ बजे

काठमाडौँ - संसदबाट पास गरिएको नागरिकता बिधयेकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् । 


अहिले साँझ नागरिकता विधेयकको बुँदाहरु विवादास्पद ,अनुचित र राष्ट्रहित विपरीत भएको  विरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूले राँके जुलुश प्रदर्शन गरेका छन् । 

नागरिकता संवेदनशील बिषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै  विद्यार्थी  संगठनले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए । 

विवाह गर्नासाथ कुनैपनि विदेशीले तत्काल नागरिकता पाउने नीति संसारमा कहीँ नभएको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् । 

सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनीहरुको धारणा छ । विवाह गरेर आएकाहरुलाई समय सीमा नतोकी धमाधम नागरिकता बाड्न नहुने प्रदर्शनकारिहरुको माग रहेको संगठनका सदस्य सचिव त्रीबिक्रम सिंहले जानकारी दिए  । किर्तिपुर क्षेत्रमा राँके  जुलुस प्रदर्शन गरिएको हो ।


Author

थप समाचार
x