दल

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

इकागज |
साउन ११, २०७९ बुधबार १३:५९ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन् । 

उनले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो। उनले गठबन्धनका अन्य दलहरूले सबैकुरा आफूहरू नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए । 


‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । मंसिरको पहिलो सातामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ,' उनले भने, 'केन्द्रीय समितिमा पनि छलफल भएको छ । दुई/तीनवटा कुराहरू राखेका छौँ । माओवादी, एकीकृत समाजवादी या जनता समाजवादीले जसरी कुराहरू उठाइरहनुभएको छ । उहाँहरूलाई हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली काँग्रेस ठूलो, पुरानो र स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । नेपाली काँग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरूको सोच ।’

नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरूमा खुशी छाएको उनको भनाइ छ ।

 


Author

थप समाचार
x