दल

निडर भएर कलम चलाउन पत्रकारलाई ओलीको आग्रह

इकागज |
साउन ११, २०७९ बुधबार २०:३१ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । 

आज दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरेका हुन् । 


उनले भने, `बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।” एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो ।` उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । 

अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो ।

`हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो`, उनले भने । 


Author

थप समाचार
x