दल

डा.शेखरलाई कोभिड देखिएपछि अस्पताल भर्ना

इकागज |
साउन १४, २०७९ शनिबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड पोजेटिभ देखिएको छ । कोइरालालाई ज्वरो आएपछि आज बिहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो । उनलाई आज बिहान ५ बजे अस्पताल लगिएको उनका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले बताए । अस्पताल पुर्‍याएर पीसीआर चेक गर्दा उनमा कोभिड पोजेटिभ देखिएको हो । उनको ग्राण्डीको कोभिड आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

केही दिनअघि बारा, पर्साको कार्यक्रममा सहभागी भइ कोइराला काठमाडौंँ फर्किएका थिए । विराटनगरको कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाने तय भएपनि कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । 



Author

थप समाचार
x