महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेले महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्याली वसन्तपुरमा पुगेको छ ।
सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महँगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया