दल

मंसिर ४ मा चुनाव गराउन गठबन्धन दलबीच सहमति

इकागज |
साउन १८, २०७९ बुधबार १९:४६ बजे

फाइल तस्वीर

काठमाडौँ–प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्न सत्ता गठबन्धनका दलहरू सहमत भएका छन् । बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले मंसिरमा चुनाव गर्ने अनाैपचारिक सहमति भएको कांग्रेसका एक बरिष्ठ नेताले बताए । 


सरकारले भोलि मन्त्रिपरिषद्को निर्णयबाट आधिकारिक घोषणा गर्ने समेत उनले जानकारी दिए । निर्वाचन आयोगले सरकारलाई यसअघि नै  मंसिरमा चुनाव गराउन सिफारिस गरेको थियो । आयाेगकाे सिफारिसअनुसार चुनाव गराउन गठबन्धन सहमत भएकाे छ ।


थप गठबन्धनबारे अर्काे बैठक बस्‍नेछ ।


Author

थप समाचार
x