दल

एमालेलाई संसद्‍को ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई उपाध्यक्ष पौडलकाे निर्देशन

इकागज |
साउन १९, २०७९ बिहीबार १६:२० बजे

फाइल तस्बिर

ललितपुर- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्‍ने दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्‍ने र ओलीको नेतृत्वमा सरकार बन्‍ने दाबी गरेका हुन् ।


एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सबै दल मिलेर गठबन्धन बनाएको उनको भनाइ छ । पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

आगामी निर्वाचनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने भन्दै उनले जनताको शक्तिको अगाडि राज्य शक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे । मंसिर ४ मा गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको विचारलाई जनतामाझ लानुपर्ने उनले बताए ।

उनले एमालेलाई संसदको ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 


Author

थप समाचार
x