नेकपा एमाले निर्वाचन आयोगमा दर्ता
काठमाडौँ- नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताए ।
ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँकतै तालमेल हुनसक्ने जिकिर गरे । निर्वाचनमा दलहरूका आफ्ना विचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भएपनि अहिलेको देखिएको गठबन्धनको प्रवृति लोकतन्त्रका लागि दीर्घकालिन रुपमा स्वस्थकर नरहेको उनले बताए । ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राखे ।
बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उनको भनाइ छ । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया