पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा ५० बढी स्थान गुमाउनुपर्यो : प्रचण्ड
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढी स्थान गुमाउनुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीका नेताहरुमा वैचारिक विचलन आएको र पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहका धेरै सिट गुमाउनुपरेको बताएका हुन् ।
उनले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकतावद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने धारणा राखे ।
अहिले पनि जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केहि नेताहरुमा पार्टी नेतृत्वप्रतिको विश्वास धर्मराएको जिकिर गरे । अहिलेको ठूलो चुनौती भनेकै पार्टी भित्रकै नेताहरुलाई मिलाउने रहेको उनको भनाई छ ।
प्रचण्डले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई अघि बढाए मुलुकको परिवर्तनलाई थप विकसित गर्न आवश्यक रहको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया