माओवादी केन्द्रले २१ पदाधिकारी टुङ्ग्यायो (सूचीसहित)
फाइल फोटो
काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो ।
पदाधिकारी चयनको अधिकारी पाएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारीको नाम बैठकमा प्रस्ताव गरेका थिए । प्रस्तावित नामलाई बैठकले अनुमोदन गरेको थियो ।
माओवादी केन्द्रले अध्यक्ष पछिकाे महत्वपूर्ण पद मानिने महासचिवमा देव गुरुङलाई चयन गरेको छ । त्यस्तै, अन्य दुई महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा पार्टीले यसअघि नै चयन गरिसकेको थियो । नारायणकाजी श्रेष्ठ पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् भने कृष्णबहादुर महरा उपाध्यक्ष हुन् ।
यद्धपी माओवादी केन्द्रले आजको बैठकबाट अनुमोदित पदाधिकारीको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन । स्थायी कमिटी सदस्य देव गुरुङका अनुसार २१ सदस्यीय पदाधिकारीको नाम केही बेरमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको इकागजलाई बताए ।
पदाधिकारीकै कारण पार्टीभित्र विचलन देखिएर त्यसले आसन्न निर्वाचनमा समस्या नल्याओस् भनेरै अध्यक्ष प्रचण्डले पदाधिकारीको संख्या बढाएका छन् । सुरूमा १५ सदस्यीय पदाधिकारी संख्यालाई २१ सदस्यीय बनाएका छन् ।
यी हुन् पदाधिकारी :
अध्यक्ष- पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष- नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष- कृष्णबहादुर महरा
महासचिव- देव गुरुङ
उपमहासचिव- वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल
सचिव- दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष- श्रीराम ढकाल प्रशान्त
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया