केन्द्रीय समितिको आकस्मिक बैठक
कांग्रेसले तीन दिन पार्टी कार्यालयहरूमा झण्डा झुकाउने
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासिहतका नेताहरू ।
काठमाडौँ - नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ । आइतबार बिहान बसेको आकस्मिक केन्द्रीय कार्य समिति बैठकले शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरूमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको हो ।
१३ दिनसम्म देशभरका कार्यालयहरूमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरूका लागि खुला गर्ने पनि निर्णय गरेको छ । बैठकमा गिरिको कामको मूल्यांकन गर्दै नेताहरूले शोक व्यक्त गरेका थिए ।
समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया