दल

माओवादी केन्द्रले स्थानीय निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने

इकागज |
भदौ ६, २०७९ सोमबार १६:१३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा निर्वाचनमा भएका अनुशासन उल्लंघन र अन्तरघातका प्रकृति हेरेर कारवाही गर्न सुझाव दिइएको छ ।


त्यस्तै प्रतिवेदनमा मधेश प्रदेशमा बढी अन्र्तघात भएको उल्लेख गरिएको छ । प्रतिवेदन बुझ्दै प्रचण्डले समितिले दिएको सुझावलाई पार्टीभित्र छलफल गरेर कारवाहीको प्रक्रिया अघि बढाइने बताए । 

उनले पार्टीलाई कमजोर बनाउनेलाई कारबाही नगर्ने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताए । पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित गर्न दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि नबढाएसम्म सम्भव नरहेको उनको भनाई छ । 

त्यस्तै छानबिन समितिका संयोजक राईंले पार्टीभित्र अन्तरघात भएका कारण लहान, सिराहा, महोत्तरी, बर्दिया लगायतका स्थानमा पराजय भोग्नु परेको जिकिर गरे । उनले उम्मेदवारको चयन गर्दा केही कमजोरी भएकाले पनि अन्तर्घात भएको हुन सक्ने धारणा राखे । 

राईले पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट छानबिनका निष्कर्ष केन्द्रित रहेको बताए । 


Author

थप समाचार
x