दल

सरिता गिरीले गरिन् सद्भावना पार्टी छाडेको घोषणा

इकागज |
भदौ ८, २०७९ बुधबार ९:४८ बजे

काठमाडौँ- सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । उनले सामाजिक सञ्‍जालबाट सद्भावना पार्टी छाडेको घोषणा गरेकी हुन् ।

आफ्‍ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफुले सद्भावना पार्टी छाडेको उल्लेख गरेकी छिन् ।


'म दिवन्गत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफु नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु' सरिताले लेखेकी छन्'नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ ।'

'कठिन समयमा गरिएको यो अत्यन्त कठिन निर्णय हो । म २०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको छु र त्यही जनताबीच मेरो कर्मभुमि रहने छ' उनले भनेकी छिन् 'म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास गर्दिन, न त प्रदीप दाई गर्नुहुन्थो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुनेछ ।'


Author

थप समाचार
x