सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै टुंग्याउने तयारी
फाइल तस्बिर
काठमाडौँ- आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आजकै बैठकबाट सिटको बारेमा टुंगो लगाउने गठबन्धनबीच सहमति भएको छ ।
भदौ ६ गते बसेको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको बताइएको थियो । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको बताएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया